दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पुनः विश्वासको मत लिँदै छन्। सत्तासाझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 

विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। कर्णालीमा कांग्रेस सत्ताबाहिर नै छ। एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। भने सत्ताबाहिर रहेको कांग्रेसले मत दिने–नदिने टुंग्याएको छैन। 

कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान नौ बजेदेखि जारी छ। प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी कांग्रेसले गर्दै आएको छ। 

सुझावित समाचार