कांग्रेस सांसद खड्काले सदनमा मागे माफी

आइतबार, १२ चैत, २०७९
डिजिटल संस्करण

कांग्रेस सांसद पूर्णबहादुर खड्काले  मर्यादा ख्याल नगरेकोमा सदनमा माफी मागेका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति गरेपछि सांसद खड्काले माफी मागेका हुन्। 

बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उल्लंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन्। 
 

सुझावित समाचार