मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

म्याग्दीमा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ। 

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका भीममाया रोका नेतृत्वको प्यानल नै विजयी भएको हो। 

रोकाले १ सय ३० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत प्राप्त गरेका छन्। 

त्यस्तै, सचिवमा अनेरास्ववियुका रविन शाहीले १३० मत र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अनेरास्ववियुबाट सदस्यहरूमा मेघबहादुर घर्तीले १३२, बिन्दा रोकाले १३५, सजिना सुवेदीले १३५, किशोरी फगामीले १३४, युमाया दर्जीले १३२ पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले जानकारी दिए। 
 
जम्मा २१२ मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो। निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले भने बहिष्कार गरेको थियो।

यसैबीच जिल्ला सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा भने विद्यार्थी संगठनबीच सहमति नभएको भन्दै क्याम्पसले निर्वाचन स्थगित गरेकाे छ।

सुझावित समाचार