नेप्से परिसूचक ६.९० अंकले गिरावट

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ ।

कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकमसमेत गिरावट भएको छ। बिहीबार नेप्सेमा १ अर्ब १४ करोडको सेयर खरिद–बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । जसमा होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको छ ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, सानिमा ग्रोथ फन्डको इकाइ मूल्य ८.५६ प्रतिशतले घटेको छ ।
 

सुझावित समाचार