बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण
बागमती सरकारले क्रिकेट विजेता टोलीलाई जनही एक लाख दिने

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पुर्याउने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

मन्त्री थपलियाले प्रदेश सरकारको निर्णयले नेपाली क्रिकेट टोलीलाई थप हौसला मिल्ने र विश्वकपमा क्वालिफायर हुने विश्वास व्यक्त गरे ।

आइसिसी विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएईलाई नाै रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफाएयरमा पुगेको छ । नेपालले अब आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा सहभागिता जनाउनेछ ।

सुझावित समाचार