उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म ६१० मत खस्यो

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपति पदका लागि मतदान जारी छ। नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ६ सय १० मत खसेको छ।

जसमा संघीय संसद् मतदान केन्द्रमा दुई सय १८ र प्रदेश सभा मतदान केन्द्रमा तीन सय ९२ मत खसेको हो।  मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। रामसहायप्रसाद यादव अष्टलक्ष्मी शाक्य र ममता झा उपराष्ट्रपतिको दौडमा छन्।

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार साँझ ५ बजे परिणाम आउने र आजै नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने तयारी छ। 

सुझावित समाचार