आइएमई पे र युनिमनीको ‘विन बिग’ क्याम्पेन

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई पे’ र कतारको मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘सेन्ड मनी अनलाइन एन्ड विन बिग’ नामक क्याम्पेनको प्रमोसन पार्टनर बन्ने समझदारी भएको छ । विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राही युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा विभिन्न पुरस्कार प्रदान गरिने समझदारी भएको हो । 

योजनाअनुसार भाग्यशाली १० जना विजेताले आइफोन १४ प्रो, पाँचजनालाई सामसुङ ग्यालेक्सी एस२२ अल्ट्रा मोबाइल फोन जित्न सक्ने जनाइएको छ । त्यस्तै, ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा एक सय ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

चैत १ मा सुरु भएको क्याम्पेन ६२ दिन अर्थात् जेठ १ गतेसम्म लागू हुने जनाइएको छ । उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत् नै रहने कम्पनीले जनाएको छ । युनिमनीले कतारमा आफ्ना १० शाखा, अनलाइन र मोबाइल समाधानसहित बहुग्राहक टचपोइन्टमार्फत भौगोलिक, मुद्रामा पैसाको निर्वाध आवागमनको सुविधा दिँदै आएको जनाइएको छ ।

सुझावित समाचार