मौसम : चट्याङसहित वर्षाको सम्भावना

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

See More On

सुझावित समाचार