सामसङले दराजबाट ग्यालेक्सी एम ०४ को प्रि–अर्डर मंगलबारदेखि खुला गरेको छ । लोकप्रिय ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करणले युवा पुस्ताकाे आवश्यकता पूरा गर्ने विश्वास लिइएको छ ।
ग्यालेक्सी एम ०४ र्याम प्लसका साथ ८ जिबी र्यामसम्म बढाउन सकिने विशेषतामा उपलब्ध छ । र्याम प्लसले प्रयोगकर्ताहरूलाई आवश्यकताबमोजिम र्यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ ।
यसैगरी ग्यालेक्सी एम ०४ मा १ जिबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा रहेकोले प्रयोगकर्ताले स्टोरेजको चिन्ता लिइरहनुपर्दैन । यसमा मिडिया टेक हेलियो पी ३५ प्रोसेसर जडित छ । जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ। प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्न सक्नेछन् ।
ग्यालेक्सी एम ०४ मा प्रभावशाली अवलोकन अनुभूतिका लागि ६.५ इन्चको डिस्प्ले रहेको छ । ठूलो स्क्रिनले टेक सावी प्रयोगकर्तालाई सोसल मिडियाहरू सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ।
चलचित्रप्रेमीहरूले विना कुनै रोकावट आफ्नो मनपर्ने फिल्मको आनन्द लिन सक्नेछन्। यो फोनमा ५००० यम ए एच ब्याट्री जडित छ जुन लामो समयसम्म टिक्छ र इन–बक्स चार्जरसहित उपलब्ध छ । ग्यालेक्सी एम ०४ ले पावर (बचत मोडलाई समर्थन गर्दछ जुन तपाईंको प्रयोगमा अनुकूल हुन्छ र ब्याट्री ५०५ भन्दा माथि छ भने स्वचालित रूपमा पावर) सेभिङ गर्छ ।
ग्यालेक्सी एम ०४ को ४ जिबी प्लस ६४ जिबीखाले मोबाइलको बजार मूल्य १५ हजार नाै सय ९९ रुपैयाँ र ४ जिबी प्लस १२८ जिबीको बजार मूल्य १७ हजार नाै सय ९९ रुपैयाँ तोकिएको छ। ग्यालेक्सी एम ०४ दुई प्रचलित रंग हरियो र निलोमा उपलब्ध हुनेछ । यो केवल दराज एपबाट प्रि–अर्डर गर्न सकिनेछ ।