दक्षिण कोरियाका १२० बौद्ध तीर्थयात्री पैदलै लुम्बिनीमा

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

दक्षिण कोरियाका एक सय २० बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्री पैदल लुम्बिनी पुगेका छन् । ९ फेब्रुअरीमा भारतको नयाँदिल्लीबाट पैदल तीर्थयात्रा सुरु गरेका उनीहरू बोधगया, सारनाथ, कुशीनगर हुँदै बेलहिया नाकाबाट मंगलबार लुम्बिनी आइपुगेका हुन् । 

३५ दिन बढी पैदल यात्रा गरेका बेलहिया नाकामा आइपुग्दा भने २२ वटा साना गाडी प्रयोग गरेर आएका थिए । मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्म स्मारक (मार्कर स्टोन), पुष्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्रांगणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङले प्रवचन दिएका थिए । 

सुझावित समाचार