पिएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीको सामना गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको पिएनजीले कमजोर सुरुवात गरेको छ । 

सात ओभरमा १७ रनको अवस्थामा पिएनजीले दुई विकेट गुमाइसकेको छ । नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिए । उनले २२ बलमा १४ रन बनाएका हिरी हिरीलाई करण केसीको हातबाट क्याचआउट गराए । 

त्यसअघि युएईविरुद्ध हिजोको म्याचका हिरो ललितनारायण राजवंशीले नेपाललाई ब्रेक थ्रु दिलाएका थिए । ओपनिङ बलिङमा आएका ललितले ३.५ ओभरमा पिएनजीका किप्लिन डोरिगालाई बोल्डआउट गरे । त्यसवेला पिएनजी पाँच रनको अवस्थामा थियो । डोरिगाले १६ बलमा दुई रन बनाए ।

आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाउन सफल भएको नेपाल आजको खेलमा अर्को महत्वपूर्ण लक्ष्यसहित उत्रिएको छ । आज र बाँकी अन्तिम खेल जितेर आगामी वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा सीधै छानिने लक्ष्य नेपालको रहेको छ ।

सुझावित समाचार