नेपालको सय रन पूरा

आइसिसी पुरुष विश्वकप लिग - २

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले सय रन पूरा गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा गहिरो संकटमा पुगेको नेपाली ब्याटिङ सम्हाल्दै कप्तान रोहितकुमार पौडेल डटिरहेका छन् । उनी अर्धशतकको नजिक पुगेका छन् । 

अहिले क्रिजमा रोहितसँगै आरिफ शेख छन् । यसअघि रोहितले भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । नेपालले २९औँ ओभरमा चार विकेटको क्षतिमा सय रन पूरा गरेको हो । 

सुझावित समाचार