जसपाका रामसहाय यादवको उम्मेदवारी दर्ता

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

सत्तागठबन्धनको जनता समाजवादी पार्टीले उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेको छ। सो पार्टीबाट रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

उनका प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्।

जसपाबाटै उम्मेदवारी दर्ताका लागि प्रमिला यादव केहीबेरमा आउने बताइएको छ।

सुझावित समाचार