थ्री स्टार र खुमलटार भिड्दै, पहिलो हाफ बराबरीमा

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिग ०७९–८० अन्तर्गत अहिले थ्री स्टार क्लब र खुमलटार युथ क्लबबीच खेल भइरहेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन । 

दुवै टिमले पटकपटक गोलका लागि प्राप्त मौका सदुपयोग गर्न नसक्दा अग्रता कायम गर्न सकेका छैनन् । 

लिगमा दुवै टिमको यो तेस्रो खेल हो । खुमलटारले यसअघि पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो । तर, दोस्रो खेलमा भने खुमलटार जर्ज ब्वाइजसँग पराजित हुन पुग्यो । 

थ्री स्टार भने आज पहिलो जितको खोजीमा छ । जारी लिगको पहिलो खेलमा एपिएफसँग पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेन्ड्ससँग बराबरी खेलेको थियो । 

सुझावित समाचार