राष्ट्रपति निर्वाचनमा पाँच सांसदको मत बदर भएको छ। कुल ८३१ मत खस्दा पाँच मत बदर भएको हो।
संघतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पाँच सय ६६ मतसहित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुवास नेम्वाङले दुई सय ६० मत पाएका छन्। पौडेल ६४.२ प्रतिशत मतसहित निर्वाचित भएका हुन्।