अहिलेसम्म ८१३ मत खस्यो, मतदान अन्तिम चरणमा

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। १ः४५ सम्म आठ सय १३ मत खसेको छ। जसमा प्रदेशतर्फ पाँच सय १५ र संघतर्फ दुई सय ९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।

सुझावित समाचार