चैतबाट बचतको ब्याजदर घट्ने, ऋणमा लिने प्रिमियम पनि सस्तिँदै

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले आगामी चैत १ बाट लागू हुने गरी बचतको ब्याजदर घटाउने निर्णय गरेकाे हाे । 

संघले मुद्दती निक्षेपको ब्याजदर भने यथावत् राखेको छ। हाल बचतको ब्याजदर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो।

बचतको ब्याज घटेपछि लागत पनि घट्ने भएकाले आधार दर पनि कम हुने भएको छ। त्यस्तै, कर्जाको प्रिमियम पनि घटाउन बैंकहरू सहमत भएका छन् । आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने भएको छ। यसअघि ६ प्रतिशतसम्म लिँदै आइरहेको थियो।

यसअघि माघ महिनामा पनि ब्याजदर घटाइएको थियो। १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत पुर्याइएको थियो।

सुझावित समाचार