नेपालको सुदृढ सुरुवात, आसिफ र कुशलबीच शतकीय साझेदारी

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
नेपालको सुदृढ सुरुवात, आसिफ र कुशलबीच शतकीय साझेदारी

सतकीय साझेदारी गरेका ओपनर ब्याटरद्वय आसिफ सेख र कुशल भुर्तेल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल चलिरहेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ब्याटिङ गरिरहेको नेपालले सय रन पूरा गरेको छ । नेपालले १७औँ ओभरमा कुनै विकेट नगुमाई सय रन पूरा गरेको हो । 

ओपनर ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलबीच शतकीय साझेदारी भएको छ । आसिफले अर्धशतक बनाइसकेका छन् भने कुशल ४३ रनमा छन् । 

टस जितेर पपुवा न्युगिनीले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

सुझावित समाचार