अन्तिम शृंखलाअन्तर्गत पहिलो म्याच सुरु, पिएनजीले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गर्दै

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीचको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको सिरिजको पहिलो खेलमा अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल चलिरहेको छ । टस जितेर पपुवा न्युगिनीले पहिले फिल्डिङ रोजेपछि अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेल फर्किएका छन् । अहिले क्रिजमा भुर्तेल र आसिफ शेख छन् । 

सुझावित समाचार