संकटामाथि मनाङको जित

सहिद स्मारक ए डिभिजन लिग

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिग ०७९ मा मनाङ मस्याङ्दी क्लबले पहिलो जित निकालेको छ । 

दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै सिजनको पहिलो जित निकालेको हो ।

मनाङलाई स्पष्ट तीन अंक दिलाउने क्रममा नाइजेरियन प्लेयर सायिजामोल डोभ्लाजोनोभले ५८औँ मिनेटमा आकर्षक गोल गरे । उनले पहिलो बार च्यापेर गरेको कडा प्रहार संकटाका गोलकिपरले नियन्त्रण लिन नसक्दा गोलमा परिणत भएको थियो । 

सुझावित समाचार