‘आन्दोलनका उपलब्धि उपभोगमा भाग खोज्ने, अपजस माओवादीलाई मात्र दिने प्रवृत्ति हाबी’

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुनको नियमित प्रक्रियाबाट सुनुवाइ गर्न खोजिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अखिल क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुनको नियमित प्रक्रियाबाट सुनुवाइ गरिनु बृहत् शान्तिसम्झौताको मर्म एवं संक्रमणकालीन न्यायको सिद्धान्तका विरुद्धमा रहेको प्रस्ट्याएको छ ।

‘सशस्त्र संघर्षका घटनाहरूको अध्ययन, छानबिन र अभियोजनका काम फौजदारी न्यायको नियमित प्रक्रियाबाट सम्भव नहुने तथ्यलाई स्वीकार गरेर नै संक्रमणकालीन न्यायका संरचनाहरू, सत्य निरुपण र मेलमिलाप आयोग एवं बेपत्ता छानबिन आयोग बनाइएको हो,’ संगठनकी अध्यक्ष पञ्चा सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी आन्दोलनले संस्थागत गरेका उपलब्धिको उपभोगमा भाग खोज्ने, तर अपजसको भारी माओवादीलाई मात्र बोकाउने प्रवृत्ति देखापरेकोमा संगठनले चिन्ता व्यक्त गरेको छ ।

विभिन्न बहानामा टिआरसी विधेयक  रोकेर शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न नदिने शक्तिहरू फेरि सक्रिय हुन खोजिरहेका भन्दै त्यस्ता शक्तिविरुद्ध संघर्ष गर्न तयार रहेको अखिल (क्रान्तिकारी)ले चेतावनीसमेत दिएको छ ।

सुझावित समाचार