ढकालको उपन्यास ‘जौवा’ बजारमा

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

लेखक विष्णु ढकालको पुस्तक ‘जौवा’ सार्वजनिक भएको छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, मनोविद् तथा लेखक डा. विजय ज्ञवालीलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि समीक्षा तथा शुुभकामना मन्तव्य राख्दै कलाकार तेज गिरीले यो पुुस्तकले लेखकलाई ठूलो खुसी दिएको बताए । पुस्तकबारे टिप्पणी गर्दै मनोविद् तथा लेखक डा. विजय ज्ञवालीले भने, ‘नेपालको मध्यतराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल छ,’ उनको टिप्पणी थियो , ‘जौवा भनेको बिन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे हो । तर, जुन कालखण्डको कथा लेखिएको छ, त्यसका घटनाक्रम जोडिएको छैन । प्रजातन्त्र, गणतन्त्र, दशवर्षे जनयुद्ध आदि कुरासमेत समेटिएको भए हाम्रो छोरानाति पुस्तालाई पनि त्यो कालखण्डबारे बोध हुने थियो ।’ त्यसैगरी, पत्रकार तथा समालोचक राजकुमार बानियाँले पुस्तक समग्रमा राम्रो रहेको बताए । 

ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत लेखक ढकालले आफूले देखे–भोगेकै कुरा पुस्तकमा लेखेको बताए । ‘कथा खोज्दै हिँड्दा हाम्रा वरपरका कथा छुट्ने रहेछन् । त्यसैले नजिकबाट अनुभूत गरेका कुरा लेखेको हुँ,’ उनले भने । 

See More On

सुझावित समाचार