समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

समृद्धि फाइनान्सले एकै दिन दुई ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले बिहीबार जनकपुर शाखा र इटहरी शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात् गर्दै क्रमशः बाँकी शाखाहरूमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने फाइनान्सका सञ्चालन विभाग प्रमुख चूडामणि खनालले बताए ।

फाइनान्सले हाल आठवटा शाखाहरूमार्फत कारोबार गर्दै आएको जनाएको छ । हाल ग्राहकलाई आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको संस्थाले जनाएको छ ।

सुझावित समाचार