ब्याटर अलराउन्डर कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । तेस्रो विकेटका रूपमा युएईका कप्तान चुन्दगापोयल रिजवान आउट भएका छन् ।
४० बलमा एक चौकाको मद्दतमा २२ रन बनाएका रिजवानलाई कुशलले दीपेन्द्रसिंह ऐरीको हातबाट आउट गराएका हुन् ।
ताजा अवस्थामा युएईले २६ ओभरमा तीन विकेट गुमाएर ९० रन बनाएको छ ।
आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको महत्वपूर्ण खेलमा नेपाल र युएईबीचको खेल चलिरहेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गरिरहेको हो ।
यसअघि सन्दीप लामिछाने र करण केसीले पनि एक–एक विकेट लिएका छन् । सन्दीपले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वृत्य अरविन्दलाई आउट गरे । अरविन्दलाई कुशल भुर्तेलले स्लिपमा समाएका थिए ।
त्यसअघि पहिलो ओभरमै करण केसीले नेपाललाई सफलता दिलाएका थिए । उनले युएईका ओपनर ब्याटर मोहम्मद वसिमलाई बोल्ड आउट गरे । कुनै रन नबनाउँदै युएईले विकेट गुमाएको थियो ।
नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो । यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ ।