दुर्घटना न्यूनीकरणका लागि रिलायबल नेपाल लाइफको सहयोग

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सडक दुर्घटना जोखिम न्यूनीकरणको उद्देश्यले जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले समय–समयमा गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडक डिभाइडर सहयोग गरेको हो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्घिविक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले सहयोग पुग्ने बताए ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दीपेशबाबु तिवारीले कम्पनीले समय–समयमा गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको डिभाइडरले सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे । आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगलाई निरन्तरता दिने उनवको भनाइ थियो ।  

‘जीवन बिमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले नेपाली बिमा बजारमा ५० लाखभन्दा बढी बिमालेख जारी गरिसकेको जनाएको छ । 

सुझावित समाचार