जी–२० सम्मेलन : रुस–युक्रेन युद्धबारे चीनको अस्वीकार

जी–२० को साझा विज्ञप्तिमा युक्रेनमाथि रुसी हमलाको कडा शब्दमा निन्दा गरिएकामा चीनले आपत्ति जनाएपछि सहमति जुटेन

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

विश्वको ठूलो अर्थतन्त्र भएका देशहरूको संगठन जी–२० सम्मेलन हालसालै मात्र भारतमा सम्पन्न भएको छ । तर, सो देशका अर्थमन्त्रीहरू संलग्न रहेको सम्मेलन समाप्तिपछि जारी गरिएको ‘आउटकम डकुमेन्ट’मा सहमति जुट्न सकेको छैन । 

बैंगलोरमा आयोजित सम्मेलनमा चीनले एक वर्षदेखि युक्रेनमाथि जारी रुसी हमलाको निन्दा गर्न अस्वीकार ग¥यो । अर्थमन्त्रीहरूको बैठकपछि जी–२० को साझा विज्ञप्तिलाई अन्तिम रूप दिने क्रममा चीनले आपत्ति जनाएपछि सहमति नजुटेको हो । विज्ञप्तिमा युक्रेनमाथि रुसी हमलाको कडा शब्दमा निन्दा गरिएको थियो । तर, चीनले त्यस ठाउँमा सहमति जनाउन मानेन ।

यस्तै, रुसले पनि जी–२० देशका अर्थमन्त्रीको सम्मेलनमा युद्धलाई लिएर आफ्नो दिशा देखाउँदै रुसीविरोधी देशले जी–२० को गतिविधिलाई अस्थिर पारेको आरोप लगायो । यो सम्मेलनपूर्व यही हप्ता चीनले युक्रेन–रुस युद्ध समाप्त पार्न आफ्नो १२ सूत्रीय शान्ति योजना अगाडि सार्दै युक्रेनमा शान्ति कायम गर्ने कोसिस हुनुपर्ने बताएको थियो ।

युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको छ । यसबीचमा चीनले युद्ध समाप्त गर्न कुनै सक्रिय भूमिका देखाएको देखिएको छैन । तर, यी दिनमा उसले युद्धवरिपरि आफ्नो कूटनीतिक प्रयासलाई भने बढावा दिएको छ । 
 

बैंगलोरमा आयोजित सो सम्मेलनमा भारतले निचोड पेस गरेको छ । निचोडमा युक्रेनमा जारी द्वन्द्व र रुसमाथि लगाइएका प्रतिबन्धलाई लिएर भिन्दाभिन्दै अनुमान छन् । यसको एउटा फुटनोटमा भनिएको छ, ‘युद्धबारे संक्षिप्त रूपमा बताउने दुईवटा अनुच्छेद (तेस्रो र चौथो अनुच्छेद) मा ‘रुस र चीनलाई छोडेर सबै देश’ मा सहमति थियो । यी दुवै अनुच्छेद गत वर्ष नोभेम्बरमा सम्पन्न जी–२० देशको बाली सम्मेलनको घोषणापत्रबाट उद्धरण गरिएको हो । यसमा युक्रेनमाथि रुसी हमलाको कडा शब्दमा निन्दा गरिएको छ । 

युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको छ । यसबीचमा चीनले युद्ध समाप्त गर्न कुनै सक्रिय भूमिका देखाएको देखिएको छैन । तर, यी दिनमा उसले युद्धवरिपरि आफ्नो कूटनीतिक प्रयासलाई भने बढावा दिएको छ । चीनका शीर्ष नेता वाङ यी यसै हप्ता युरोप भ्रमणमा निस्किए । भ्रमणको अन्त्यमा रुस पुगेर त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गरे । 

चीनले यही हप्ता युक्रेनमा युद्ध रोक्न आफ्नो शान्ति नीति प्रस्तुत गरेको छ । उक्त नीतिमा युद्ध समाप्त गर्नका लागि शान्ति वार्ता र राष्ट्रिय सम्प्रभुताको सम्मान गर्न अपिल गरिएको छ । यद्यपि, चीनले यसमा न युक्रेनमाथि रुसी हमलाको निन्दा गरेको छ, न रुसी सेना पछाडि हट्नेबारे केही भनेको छ ।

त्यसो त रुसले चीनको यो नीतिको स्वागत नगरेको होइन । तर, यसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यंग्य गर्दै राष्ट्रपति पुटिनले प्रशंसा गरेको यो कसरी राम्रो हुन सक्छ भन्ने प्रश्न तेस्र्याएका छन् । जी–२० देशका अर्थमन्त्रीहरूको बैठकपछि भारत सरकारको आर्थिक मामिला मन्त्रालय सचिव अजय सेठले पत्रकार सम्मेलन गर्दै चीन र रुस युक्रेनलाई लिएर जारी गरिएको विज्ञप्तिको शब्दमा सहमत नभएको बताए । 

सेठका अनुसार एकातिर उनीहरू आर्थिक विषय समाधान गर्नतिर जोड दिइरहेका थिए भने अर्कातिर अन्य १८ देशलाई युद्धले वैश्विक अर्थतन्त्रमा प्रभाव परेको महसुस भइरहेको थियो । सम्मेलनको १७औँ अनुच्छेदको सारांशमा टर्कीमा हालसालै आएको विनाशकारी भूकम्प, कम तथा मध्यम आय भएका देशको ऋण समस्या, वैश्विक कर नीति तथा खाद्य असुरक्षाबारे उल्लेख गरिएको छ । रुसको विदेश मन्त्रालयका अनुसार जी–२० देश मिलेर यसको गतिविधिलाई अस्थिर गर्न लागेकामा दुःख लागेको र यसको प्रयोग रुसविरुद्ध हुनेछ । 

अमेरिका, युरोपियन युनियन र जी–७ सँग सम्बद्ध देशले भावनात्मक अत्याचार (ब्ल्याकमेलिङ) गरेको आरोप रुसको छ । चीनले पनि यी देशलाई बहुध्रुवीय विश्वको वास्तविकतालाई स्वीकार गर्नुपर्ने भनेको छ ।जी–२० सम्मेलनमा जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरले यो युद्ध भएको र युद्धको एउटै मात्र कारण भनेको रुस र रुसी राष्ट्रपति पुटिन रहेको भनेका छन् । 

जी–२० सदस्य देशको बैठक त भयो, तर यो मुद्दामा कुनै पनि संयुक्त विज्ञप्ति जारी गर्न सकेनन् । यद्यपि, गत बिहीबार युएन एसेम्बलीमा युक्रेनमाथि रुसी हमलाविरुद्धको प्रस्ताव पारित भएको छ ।प्रस्तावको पक्षमा १४१ देशले भोट गरेका छन् । रुससहित सात देशले यसविरुद्ध भोट दिए । जब कि भारत, चीन, पाकिस्तान, बंगलादेशसहित ३२ देशले यसमा कुनै मत दिएका थिएनन् । 
 

सुझावित समाचार