सरकारले छुटेका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

सरकारले विभिन्न मितिमा घोषणा भएका सहिदहरूको नाम नेपाल राजपत्रमा प्रकाशित गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा भई राजपत्रमा नाम प्रकाशन हुन बाँकी रहेकाहरूको नाम प्रकाशित गर्ने निर्णय गरेको हो।

‘आन्दोलनमा को–कतिको मृत्युभन्दा पनि के–कतिलाई सहिद घोषणा गरिएको थियो भन्ने आधारमा नाम प्रकाशन हुनेछ,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

सुझावित समाचार