नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युआरमार्फत बिमा शुल्क बुझाउन मिल्ने व्यवस्था गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था इसेवाको माध्यमबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बिमा शुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले नेसनल लाइफको केन्द्रीय कार्यालयमा औपचारिक सुरुवात गरेका हुन् । यस प्रकारको प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।