कान्ति लोकपथ २३ दिनका लागि पूर्ण रूपले बन्द हुने

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण
कान्ति लोकपथ २३ दिनका लागि पूर्ण रूपले बन्द हुने

तस्बिर डा. प्रणय शमशेर रानाको फेसबुकबाट

हेटौँडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ यही फागुन १८ देखि चैत १० गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरेको हो।

प्रजिअ पाण्डेले मर्मत सम्भारका लागि कान्ति लोकपथमा दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको जानकारी दिए। कान्ति लोकपथ बन्द भएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्गसमेत निर्धारण गरिएको छ।

उनका अनुसार हेटौँडाबाट काठमाडौं जाने साना सवारीसाधनलाई हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट हुँदै एकतर्फी सञ्चालन गर्ने र काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन थानकोट–चित्लाङ–मार्खु (कुलेखानी) –भीमफेदी हुँदै एकतर्फी सञ्चालन गर्ने निर्णय भएको छ।

सुझावित समाचार