स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तालमेल गर्ने

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ ।

सोमबार वाल्मीकि क्याम्पसमा कार्यक्रम गरेर उनीहरूले तालमेलको घोषणा गरेका हुन् । उनीहरूबीच चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियु चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार