प्रधानमन्त्रीनिवास बालुवाटारमा आठ राजनीतिक दलको बैठक सुरु भएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दल बैठक बसेका हुन्।
राष्ट्रपतिको निर्वाचनका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छलफलमा जुटेका हुन्।