आइएमई पेले पे विथलिंक बैंक सुविधा थप गरेको छ । यो सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आइएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत रु. १०० र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्याकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सक्नेछन् ।
बैंक लिंक गरी कारोबार गर्दा टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्युआर भुक्तानी एवं क्युएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रु. दुई सय ५० देखि सात सयसम्मको क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।