राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण
राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा पार्टी अध्यक्ष केपी ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

सुझावित समाचार