योगेशको दाबी : जितिन्छ, बधाइ छ सुवास दाइ

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

पार्टीले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै भट्टराईले उनलाई अग्रिम बधाइसमेत दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार ।  बधाइ छ सुवास दाइ । जितिन्छ ।’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार हुने निश्चित भएको छ ।
 

सुझावित समाचार