संविधानको संरक्षण र राष्ट्रियताको सम्बर्द्धनमा सचेत छु : वरिष्ठ नेता पौडेल

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको सम्बद्र्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन् । 

शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताए ।

उनले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताए । उनले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताए। वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरु भइरहेको भन्दै उनले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताए । उनले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभुति र सद्भाव राखेको अनुभुति आफूले गरेको बताए ।
 

सुझावित समाचार