प्रधानमन्त्री प्रचण्डले आठ दलको निर्णय राजनीतिक टर्निङ प्वाइन्ट भएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रतिनिधिसभाका आठ दलको बैठकले आगामी राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बैठकमा सहभागी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भने, ‘प्रधानमन्त्रीले यो निर्णय राजनीतिक टर्निङ प्वाइन्ट हो । आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अगाडि बढाऔँ, सबै दल मिलेर जाऔँ, राष्ट्रको समृद्धि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र जनतालाई सेवा–सुविधा दिने सवालमा सबै मिलेर एकता भएर जानुपर्छ । सत्तासमीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जाऔँ भनेर अपिल गर्नुभएको छ।’