गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

आफैँले गोली हानेको प्रहरीको आशंका

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति २ः५६ काे समयमा दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विकको शव फेला परेको हो ।

उनको कन्चटमा गोली लागेको छ । उनले आफैँले  गोली हानेको प्रहरीले आशंका गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार