राष्ट्रपति भण्डारीले बुधबार बागलुङ कालिकाको दर्शन गर्ने

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बागलुङ आउने भएकी छिन् । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शन तथा पूजापाठ गर्न भण्डारी आउने बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काका अनुसार कालिका मन्दिर दर्शनका लागि बुधबार बिहान १० बजे आउने र त्यसपश्चात् पर्वतको जलजलामा रहेको कालाञ्जार पर्वतको एक कार्यक्रममा सहभागी हुनेछिन् । राष्ट्रपति आउने कार्यक्रम रहेकाले गुठी व्यवस्थापन समिति उनको स्वागतको तयारीमा जुटेको छ ।

राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शनपश्चात् कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने विश्वास गरिएको छ ।

अहिले बागलुङ कालिका मन्दिरलाई पुरातात्विक र कलात्मक स्वरुपमा पुनर्निर्माणको काम पनि अगाडि बढाइएको छ ।

सुझावित समाचार