राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने माओवादीको निर्णय, अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण
राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने माओवादीको निर्णय, अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको उनले बताए।

निर्वाचन आयोगले १३ फागुनमा उम्मेदवारको मनोनयन र २५ फाुगनमा निर्वाचन हुने गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

सुझावित समाचार