धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.६० अंकले ओरालो लागेर दुई हजार ४६.८१ मा सीमित भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९१ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। कारोबार भएका कुल कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ।
यस्तै एक सय ७७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। कुल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता सेयर रु. एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु. २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको रु. २० करोड ८२ लाख ५६ हजार सात सय ४० बराबरको कारोबार भएको छ।
यस्तै साल्टट्रेडिङ कर्पोरेसन रु. ११ करोड ४८ लाख ४७ हजार नौ सय ४७, जीवन विकास लघुवित्त रु. ६ करोड ५५ लाख ५५ हजार तीन सय, एनआइसी एसिया बैंक रु. पाँच करोड ५५ लाख ९१ हजार दुई सय एक र सानिमा बैंक रु. चार करोड ६५ लाख ७६ हजार चार सय ६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार राप्ती हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै जीवन विकास लघुवित्त ९.१५, उपकार लघुवित्त ७.४२, हिमालयन डिस्टिलरी ५.३१, विन नेपाल लघुवित्त ५ र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.९६ प्रतिशतले गुमाएका छन्।