छालाजुत्ता उद्यमशीलताको प्रदर्शनी

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

प्रदर्शनीमार्गको भृकुटीमण्डपमा छालाजुत्ता तथा वस्तु प्रदर्शनी चलिरहेको छ । गत बिहीबारदेखि निरन्तर चलिरहेको यो आठौँ राष्ट्रिय छालाजुत्ता तथा वस्तु प्रदर्शनी २०७९ हो । 

यो मेला कुनै व्यापारिक प्रयोजनले नभई स्वदेशी उत्पादनको पहिचानको प्रदर्शनी गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल छालाजुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले जानकारी दिए । यो अन्य सेल वा स्टक क्लियरेन्स मेला नभएको उनको भनाइ छ । उनले भने, ‘उद्यमीको सीप शुद्ध नेपाली उत्पादकलाई प्रवद्र्धन गर्न लघुउद्यमी व्यापार प्रवद्र्धन र बजारीकरणका लागि मेला आयोजना गरिएको छ ।’ 

नेपालमा यस्तो उद्यम गरेर पनि जीवनयापन हुँदो रहेछ भन्ने देखाउनका साथै देशमै रोजगारी अभिवृद्धि गर्ने यसको उद्देश्य रहेको उनको भनाइ छ । यो मेला फागुन ९ गतेसम्म चल्नेछ । मेलामा २७ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा लेडिज, जेन्ट्स, बिहेबारीजस्ता विभिन्न किसिमका जुत्ता राखिएका छन् । प्रदर्शनीमा एक लाखजनासम्मले अवलोकन गर्ने अनुमान गरिएको छ ।  

प्रदर्शनीमा १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । साथै, जुत्ताहरूमा ६ महिनासम्मको वारेन्टीको समेत व्यवस्था गरिएको संघले जानकारी दिएको छ । 

सुझावित समाचार