फागुन ११ देखि नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ११ देखि आयोजना हुने भएको छ । आठौँ शृंखलाका रूपमा भृकुटीमण्डपको एकै प्रदर्शनीस्थलमा बिल्डकन एकस्पोसँगै नेपाल हाउजिङ एन्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्विपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो आयोजना गर्न लागिएको हो । 

१४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डहरूका दुई सयभन्दा बढी स्टल रहने जनाइएको छ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपिभिसी झ्यालढोका उत्पादन गर्ने मेसिनरी, युपिभिसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रिट ब्लक मेसिनरी उत्पादकहरू, मेटेरियल ह्यान्डलिङ उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानललगायतका उत्पादकको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले विश्वास व्यक्त गरेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm र सर्वसाधारणबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियरहरू, कन्ट्र्याक्टरहरू, बिल्डरहरू तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहने जनाइएको छ ।

सुझावित समाचार