मन्थली नगरकप भलिबल प्रतियोगिता सुरु

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

मन्थली नगरपालिकामा प्रथम नगर कप रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आइतबारबाट मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा नगरपालिकाका १४ वटा वडाका टिमको सहभागिता रहेको छ । आज भएको उद्घाटन खेलमा मन्थली– १ ले मन्थली– २ को टिमलाई सोझो सेटमा हराएको छ । लिग कम नकआउट चरणमा हुने उक्त भलिबल खेलकुद प्रतियोगिता मंगलबारसम्म चल्ने मन्थली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा बोल्दै नगर  अा  प्रमुख श्रेष्ठले यसअघि मन्थली मेयर कप नाम दिएर भलिबल प्रतियोगिता भए तापनि यसलाई परिवर्तन गरी पालिकाका सबै नागरिकको अपनत्व हुने गरी मन्थली नगर कप नामकरण गरिएको बताए । 

सुझावित समाचार