संघीता र संविधानमाथि नै खतरा छ : नेता नेपाल

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

संघीयता र संविधानमाथिनै खतरा रहेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूव प्र्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन्। शुक्रबार उदयपुरको गाईघाटमा आयोजित कार्यकर्ता भेटघाटको लागि आएका नेपालले यस्तो बताएका हुन्।

उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले बताउँदै कुनैपनि वेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताएका थिए। उनले भने, ‘राजनीतिक तरलताले देशमा संघीयता र संविधानै खतरामा छ।’

नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीता र संविधान माथिनै खतरा बताउदै नेता नेपालले अहिलेको राजनीतिक तरल अवस्थामा रहेकाले जतिवेला पनि र जतापनि मोडिन सक्ने भएकोले संघीयता र गणतन्त्र समेत धरापमा पर्नसक्ने खतरा उत्पन्न भएको बताए।

नेता नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आईसकेपछि अर्काे गठबन्धन भएकाले यो अपवित्र गठबन्धनको सरकार अव धेरैदिन टिक्न नसक्ने ठोकुवा गरेका छन्। 

नेता नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरु हुने १ नम्बर प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुदै मोरङ जाने क्रममा गाईघाटमा आइपुगेका थिए। 

सुझावित समाचार