संकटा वाइन एण्ड बेभरेजको ट्रेड पार्टनर मिट सम्पन्न

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

संकटा वाइन एण्ड बेभरेजको ट्रेड पार्टनर मिट सम्पन्न भएको छ । शुक्रबार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याडमा ट्रेड पार्टनर मिट भएको हो ।

कार्यक्रममा मदिरा व्यवसायी  महासघंका अध्यक्ष सोनाम शेर्पा, कम्पनीकी अध्यक्ष रोश्नी कार्की, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्की , विक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रकृया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’का बारेमा स्पष्ट पारे ।

नेपालमै बनेको क्यानभास वाइन विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यातयोग्य भएको कार्कीको दावी छ । विगतका दिनमा कम्पनी बहुपक्षीय रुपमा संचालन भएकोमा हाल आएर कम्पनी व्यवस्थित र गुणस्तरिय व्यवस्थापनको रुपमा संचालनमा ल्याइएको कार्कीले बताए ।

सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेभरेजले हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको उल्लेखनीय हिस्सा ओगटेको छ । कम्पनीको फ्याक्ट्री काभ्रेपलान्चोक जिल्लाको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रुपमा १ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहेका छन् । कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर रहेको बताइएको छ ।

सुझावित समाचार