मोबाइल लुट्न हत्या

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

कालोपुलस्थित रुद्रमती मार्गमा एकथान मोबाइल डकैत गर्न व्यक्तिको हत्या भएको खुलेको छ। हत्या हुनेमा पर्सा वीरगन्ज महानगरपालिका–१५ का ५७ वर्षीय ध्रुवबहादुर खड्का छन्। 

खड्काको मोरङ सुन्दरहरैँचा नगरपालिका– ७ घर भएका ३२ वर्षीय रामबहादुर थापाले हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याल्यका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। 

एसपी राठौरका अनुसार थापाले सोमबार बेलुका १० बजे कालोपुलस्थित रुद्रमती मार्गमा खड्काको हत्या गरेका थिए। हत्यापछि थापा खड्काको मोबाइल र पर्स लिएर भागेका थिए। 

‘कालोपुलमा सोमबार बेलुकी भएको हत्यामा मोबाइल डकैतको उद्देश्य रहेको पाइएको छ,’ उनले भने।

प्रहरीका अनुसार सोमबार साँझ खड्का बत्तिसपुतलीमा थिए। उनलाई थापाले जबर्जस्ती ट्याक्सीमा राखेर कालोपुलतर्फ लगेका थिए। एकान्त ठाउँमा उत्रिएपछि थापाले खड्कालाई घिसार्दै कुनातर्फ लगेर शरीर खानतलासी गरेका थिए। 

प्रतिवाद गरेपछि थापाले लात्ती र मुड्कीले प्रहार गरेका थिए। खड्का सडकमा ढलेपछि साइकलमा भागेका थापा पुनः फर्किएर खड्काको छातीमा पटक-पटक उफ्रिएका थिए। 

प्रहरीले पक्राउ परेका थापालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। 

सुझावित समाचार