याडिया नेपालले ३० हजार नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’को घोषणा गरेको छ।
कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको इ–स्कुटरको आधिकारिक वितरकले ३० हजार नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’को घोषणा गरेको हो।
विद्युतीय दुईपांग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने जनाएको छ।
कम्पनीका अनुसार यस अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक, स्कुटर ल्याउन र आकर्षक ३० हजार नगद छुट, ६.९९ ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर लैजान सक्नेछन्। यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुने कम्पनीले जनाएको छ।