ललितपुर महानगरको कर आइएमई पेबाट भुक्तानी गर्न सकिने

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पे प्रयोग गर्नेछ ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । अब ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घरबहाल कर, सम्पत्ति कर र व्यावसायिक कर सजिलै आइएमई पे एपबाट तिर्न सकिनेछ ।

सुझावित समाचार