मंगलबार उच्च अंकले बढेको सेयर बजार आज बुधबार सामान्य घटेको छ। सेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अंकले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा ओर्लिएको छ।
आज अन्यबाहेक अरू सबै समूहको सेयर घटेकोमा बिमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ। बजार घटे पनि कारोबार रकम भने बढेको छ।
आज दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।