लुम्बिनी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल हो । जहाँ घुम्नका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । विभिन्न बौद्ध वाङमयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नामको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ ।
लुम्बिनी सम्भावना बोकेको ठाउँँ हो। पर्यटकीय र धार्मिक दुवै हिसाबमा लुम्बिनी राम्रो छ। हामी लुम्बिनी पुग्दा वातावरण धुमिल थियो । हाम्रो क्यामेरामा कैद केही तस्बिर :








